बुबाको हत्या गरी फरार भएका युवक पक्राउ
गुल्मी, २१ असोज । गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन्।
जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेतलाई इस्मा – १ हर्पुकोटस्थित आफन्तका घरबाट मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
उनले गत आइतबार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको हो।
अनीलले अपराध स्वीकार गरिसकेकाले उनलाई अहिले प्रहरी हिरासतमै राखिएको छ भने कानूनी प्रक्रिया पुर्याएर कारागार चलान गरिने प्रहरीले बताएको छ।