जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु
सुर्खेत, २१ असोज । जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो २ बजे जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुदाँ सोही वडाका वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, वडाका ११ वडाअध्यक्ष अम्मर बहादुर शाही र ३० वर्षीय खिम बहादुर शाहीको मृत्यु भएको हो।
जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको र जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
हालसम्म मृतक ५ जनाको मात्र नाम आएको र बाँकी घटनाको बारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ।