ज्लाटनले जोगाए म्यान्चेष्टर युनाईटेडलाई
माघ ४, एजेन्सी ।
इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । म्यान युको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा दुवै टिमले बराबरी खेल्दै एक अंक बटुले ।
खेल सकिन ६ मिनेट बाँकी छदा ज्लाटन इब्रामोभिचले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । खेलमा अग्रता भने लिभरपुलले २७ औ मिनेटमा जेम्स मिल्नरको पेनाल्टी गोलबाट लिएको थियो । लिभपुलका गोलकिपर सिमोन मिग्नोलेटले उत्कृष्ट प्रर्दशन गर्दैै घरेलु टोलीका केही राम्रा प्रहारको बचाउ गरेका थिए ।
बराबरीपछि लिभरपुलले दोस्रो स्थानको टट्नहमसंग अंक बराबरी गरेको छ । गोल अन्तरका आधारमा चौथो स्थानमा रहेपनि लिभरपुललको ४५ अंक छ । युनाईटेड ४० अंक सहित छैटौ स्थानमा यथावत छ ।