पछिल्लो २४ घण्टामा थपिए ४ हजार ३ सय ६४ कोरोना संक्रमित, डिस्चार्ज भए २ हजार ६ सय ७५ जना
काठमाण्डौ, २२ असोज । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ९८ हजार ६ सय १७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ७१ हजार ३ सय ४३ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १४ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ११ हजार ७ सय १७ र होम आइसोलेशनमा १४ हजार ९ सय ६७ जना रहेका छन्।