स्वीकृतिविना प्रहरी पोशाकमा भिडियो बनाउनेलाई कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको चेतावनी
काठमाण्डौ, २२ असोज । प्रहरी प्रधान कार्यालयले प्रहरीको पोशाक र दज्र्यानी चिह्नको दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिदैँ विज्ञप्ति जारी गरेको छ।
पछिल्लो समय सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोका साथै टिकटक भिडियोमा समेत प्रहरीको पोशाकको प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्ता काम गरेमा कारबाही गर्ने चेतावनी दिएको छ।
प्रहरी पोशाक प्रयोग गर्नु पर्ने भए जनसम्पर्क तथा प्रचारप्रसार इकाइबाट अनुमति लिनु पर्ने र त्यसका लागि पोशाक प्रयोग गर्नु पर्ने प्रयोजन खुलाउनु पर्नेछ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।