प्रधानमन्त्रीका तीन सल्लाहकार थापा, रिमाल र भट्टराई कोरोनामुक्त
काठमाण्डौ, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन्।
उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
उनीहरु सबैलाई गत असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो र त्यसपछि उनीहरु होम आइसोलसनमा बसेका थिए।
परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको सल्लाहकार थापाले जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ। हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ।’