पटाकाको तस्करी गर्ने २ जना इटहरीबाट पक्राउ
सुनसरी, २३ असोज । सुनसरी प्रहरीले अवैध रुपमा भारतबाट नेपालमा पटाका भित्र्याएका २ जनालाई पक्राउ गरेको छ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले सुनसरीको श्रीपुरका १९ वर्षीय आलम मिया र सोही ठाउँका २७ वर्षीय समिर मियालाई बिहीबार बिहान पटाकासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
उनीहरुले सुनसरीको इटहरी उपमहानगरपालिका–५ अन्तर्गत पर्ने राजमार्ग किनारमा बोरामा लुकाएर पटाका राखेका थिए।
भारतबाट आयात गरिएका पटाका काठमाण्डौ पठाउने तयारी भइरहँदा प्रहरीले पटाकासहित उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट ६७ बण्डल पटाका बरामद गरेको र पटाकासहित पक्राउ परेका दुवै जनाविरुद्ध आवश्यक कानून कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।