बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यावदले पाए चारा घोटला मुद्दामा जमानत
एजेन्सी, २३ असोज । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले चारा घोटालासँग सम्बन्धित मुद्दामा शुक्रबार अदालतले जमानत दिएको छ।
तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनुपर्ने बताइएको छ । स्वास्थ्य समस्या देखाउँदै यादव महिनौंदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना भएका छन्।
लालु प्रसाद यादनले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटालासम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका हुनाले उनी सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन्।
यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको आरोप छ।