लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीको पीसीआर रिपोर्ट पोजिटिभ
बुटवल, २३ असोज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
रुघा लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुरुत स्वाब परीक्षण) मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले जानकारी दिएका छन्।
स्वकीय सचिव कुँवरका अनुसार मन्त्रीमा आज दिउँसो कोरोना पुष्टी भएको हो भने सचिवालयमा कार्यरत सबैको परीक्षण गर्ने तयारी भइरहेको छ।
मन्त्री केसीलाई २ दिनअघि देखि रुघा लागेको र बिहान पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको र उनी अहिले मन्त्रालयकै निवासस्थित आइसोलेसनमा बसेको कुँवरले बताएका छन्।