शुक्रबार थपिए २ हजार ५९ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ६ सय ८० जना
काठमाण्डौ, २३ असोज । शुक्रबार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख ६ हजार ७६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार १ हजार ६ सय ८० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ७३ हजार २३ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ र होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना रहेका छन्।