कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेमा ६ महिनासम्म जेल सजाय हुनेछ : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ, २३ असोज । स्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ।
संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका छन् । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ।
डा. गौतमका अनुसार कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको छ। दशैं तिहारमा भिडभाड नगर्न र अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन मन्त्रालयले आग्रह गरेको छ।