जनताको जीवन रक्षाका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली
२३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको जीवन रक्षाका लागि क्रियाशील रहेको बताएका छन् ।
शुक्रबार गैरआवासीय नेपाली संघ (एनआरन)ले काठमाडौंमा आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै ओलीले जनताको जीवन रक्षाका लागि सरकार क्रियाशील बताएका छन् ।
कोरोनाको प्रभावका कारण खाद्यान्न आपूर्तिमा कुनै समस्या नआएको बताउँदै प्रधानमन्त्री ओलीले कोभिड १९ को महामारीका कारण उत्पन्न समस्या भए सरकार सहयोग गर्न तत्पर रहेको पनि बताए ।
‘जहाँ रहे पनि सबै नेपालीबीच एकताको जरुरी छ । सरकार गैरआवासीय नेपालीसँग सहकार्य गरेर अघि बढ्न चाहन्छ ।’ ओलीले भने ।