नगद साढे २ लाख र स्कार्पियो गाडिसहित मोरङमा ६ जना जुवाडे पक्राउ
विराटनगर, २४ असोज । मोरङको बेलबारी नगरपालिकाबाट साढे २ लाख रुपैयाँ नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको बेलबारी नगरपालिका–४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ६ जना जुवाडेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बेलबारी–३ का ४० वर्षीय रित गुरुङ, सोही ठाउँका ५६ वर्षीय सुजय गौतम, बेलबारी–३ लक्ष्मीमार्गका ५२ वर्षीय चन्द्र लिम्बु, झापाको दमक–५ घर भएका ३२ वर्षीय धमेन्द्र राई, सुनसरीको इटहरी–१ घर भएका ४७ वर्षीय प्रदीप तामाङ र धनुषाको नारनाथ गणेशमान नगरपालिका–८ घर भएका ५० वर्षीय पर्शुराम भुजेल रहेका छन्।
उनीहरुको साथबाट २ लाख ५३ जार २ सय ३५ रुपैयाँ नगद, को २ च २८१९ नम्बरको स्कार्पियो गाडि, अनटेस्ट मोटरसाइकल (बुलेट) १ वटा र को २३ प १३८७ नम्बरको स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
पक्राउ परेका ६ जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।