काठमाडौं– विदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि ताहाचलको श्रम ग्राममा लामो लाइन बस्नु नपर्ने भएको छ ।
सोमबारदेखि सबैले श्रम इजाजतको आवेदन अनलाइनबाटै सुरु भएको हो ।
वैदेशिक रोजगार विभागले एक महिना पहिले सुरु गरेको अनलाइन सिस्टम अब ब्यक्तिगत श्रम स्वीकृतीका लागि पनि लागू भएको छ । यसअघि म्यानपावर व्यवसायीले मात्रै संस्थागत पुर्व श्रम स्वीकृति लिने गरेका थिए । सोमबारबाट भने ब्यक्तिगत स्वीकृति लिने र श्रमको रि इन्ट्री गर्ने कामदारहरुको आवेदन अनलाइनबाट बुझ्न सुरु गरिएको श्रम तथा रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।
सबै किसिमका स्वीकृित अनलाइन सिस्टममा सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि बारम्बार काठमाडौंको तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन ।
अब जुनसुकै ठाउँबाट अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ ।