पछिल्लो २४ घण्टामा थपिए ५ हजार ८ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार २ सय २९ जना
काठमाण्डौ, २४ असोज । पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय २९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ७४ हजार २ सय ५२ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १३ हजार ६ सय ५४ र होम आइसोलेशनमा १७ हजार १ सय ६४ जना रहेका छन्।