२५ असोज, असोज । युईएफए नेशन्स लिगमा आज साविक विजेता पोर्चुगलले फ्रान्सको सामना गर्दैछ । नेपाली समयअनुसार आज राति १२ः३० बजे हुने यी दुईबीचको खेल फ्रान्सस्थित स्टेड डी फ्रान्समा हुँदैछ ।
यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने दाउमा मैदान उत्रिँदैछन् । पोर्चुगल र फ्रान्स नेशन्स लिगअन्तर्गत समूह ‘सी’मा रहेका छन् । पोर्चुगल उक्त समूहको शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।
दुवै टोलीले दुई खेल खेल्दै ६ अंक जोडेका छन् । फ्रान्स गोल अन्तरको आधारमा पोर्चुगलभन्दा पछि परेको छ ।
त्यसबाहेक बेल्जियम र इंग्ल्याण्डले एकापसमा खेल्दैछन् भने क्रोएशिया र स्वीडेनले पनि एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्र्दैछन् । यी दुवै खेल राति ९ः४५ बजे हुनेछन् ।
यस्तै नेदरल्याण्ड्स, इटाली र वेल्सले पनि प्रतिस्पर्धा गर्दैछन् ।