दीपाश्रीको चिन्ता : नारी घरभित्रै सुरक्षित छैनन्
२५ असोज, काठमाडाैं । अभिनेत्री दीपाश्री निरौलाले नारी घरभित्रै असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत दीपाले दिनहुँ बलात्कारका घटना बढेको कारण नारी असुरक्षित भएकाे बताएकी छन् ।
‘पहिला पहिला नारीहरू घरबाहिर असुरक्षित हुन्थे, अवस्था यस्तो आयो कि आज नारी घरभित्रै सुरक्षित छैनन्,’ उनले लेखेकी छन्, ‘एक त बलात्कारीहरू समातिँदैनन् ,यदि समातिए भने पनि आज जेल जान्छन् पर्सि निस्कन्छन् ।’
यसैगरी दीपाले बलात्कारीलाइ कडाभन्दा कडा सजायको कानूनी व्यवस्था गर्न सुझाव दिएकी छन् । ‘नारीलाइ अधिकार दिने कुरा गर्छौं हामी, पहिला उस्को निर्धक्क बाँच्ने अधिकार त सुरक्षित गरौं,’ उनले लेखेकी छन् ।