आइतबार थपिए २ हजार ७१ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ५ सय ५२ जना
काठमाण्डौ, २५ असोज । आइतबार थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार १ हजार ५ सय ५२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ७५ हजार ८ सय ४ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १३ हजार ६ सय ४९ र होम आइसोलेशनमा १७ हजार ६ सय ६६ जना रहेका छन्।