चितवनको ग्रीन टप कटेजबाट सवा दुई लाख रुपैयाँसहित ५ जना जुवाडे पक्राउ
चितवन, २५ असोज । चितवनको एक कटेजमा जुवातास खेलिरहेका अवस्थामा प्रहरीले ५ जनालाई सवा दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ।
कालिका नगरपालिका–४ स्थित ग्रीन टप कटेजमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले २ लाख २९ हजार ७८० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कालिका नगरपालिका–४ बस्ने ३७ वर्षीय बलबहादुर नेपाली, सोही स्थानका ३५ वर्षीय हरीराम लामा, वडा नम्बर ५ का ४० वर्षीय कुमार चौधरी, नवलपुरको गैंडाकोट–२ बस्ने ३८ वर्षीय हरी जिसी र सोही ठाउँका ३८ वर्षीय नवराज परियार रहेका छन्।
उनीहरुलाई जुवा कसुर अन्तर्गत मुद्दा दर्तागरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।