काठमाडौंमा १८ सय ८८ सहित उपत्यकामा २२ सय ८३ जनमा कोरोना पुष्टि
२६ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप २२ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १८ सय ८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जना गरी २२ सय ८३ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।
सोमबार थप १४ सय ७३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ । कुल संक्रमितमध्ये ६९.१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।
पछिल्लाे २४ घण्टामा थप ९ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६४५ पुगेकाे छ ।