कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६४५ पुग्यो
काठमाण्डौ, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २ जना महिला र ७ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाडौमा ७१ वर्षीया महिला र चितवनमा ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
त्यस्तै, काठमाण्डौमा ६३ र ६७ वर्षीय पुरुष, ललितपुरमा ५० पुरुष, ललितपुरमा ७४, रुपन्देहीमा ७४ वर्षीय पुरुष र सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.५८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।