मिल्यो जनसम्पर्क समिती अमेरीकाको विवाद, उपाध्यक्ष पौडेलको यस्तो आयो वक्तव्य
टेक्सास-लामो समयदेखी बिभिन्न विषयमा बिबादित बनेको नेपाली जनसम्पर्क समिती अमेरीकाको विवाद अन्त्य भएको छ ।
गत शनिबार एनआरएन अमेरीकाको साधारण सभामा सहभागी हुन टेक्सासको ड्यालस आएका जनसम्पर्क समितीका अध्यक्ष सहितको पदाधीकारीको बैठकले सतहमा देखिएका विवाद अन्त्य गर्दै आपसमा मिलेर जाने सहमती गरेको जन सम्पर्क समिती अमेरीकाका उपाध्यक्ष सिपी पौडेलले जानकारी दिनुभएको छ ।
पदाधीकारी बैठकले अव उपरान्त सबै एक ढिक्का भएर अगाडी बढ्ने र संस्थालाई मजबुत वनाएर लैजान सबै एकमत रहेको उपाध्यक्ष पौडेलको भनाई छ ।
पदाधिकारी बैठकपछि सबैले आपसी कटुता सकिएको र आगामी दिनमा सबै मिलेर सहमती र सहकार्य गर्दै जाने सहमती भएको बताइएको छ ।
यसैबीच उपाध्यक्ष पौडेलले नै सामाजिक संजालमार्फत एक वक्तव्य जारी गर्दै संस्थाको विवादलाई समाधान गरि एकताको बिन्दु सम्म ल्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । वक्तव्य मार्फत उपाध्यक्ष पौडेलले संस्थाको हितका लागी सबै एक ढिक्का भएर लाग्नुको बिकल्प नभएको बताउनुभएको छ साथै उहांले तन मन सबै लगाएर जन सम्पर्क समितीको तस्रो अधिबेसनका लागी तयारी लाग्न सबैमा अनुरोध गर्नुभएको छ ।