पछिल्लो २४ घण्टामा थपिए ४ हजार ४७ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ४ सय ७३ जना
काठमाण्डौ, २६ असोज । पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ७७ हजार २ सय ७७ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १३ हजार ९ सय २३ र होम आइसोलेशनमा १९ हजार ९ सय ५७ जना रहेका छन्।