यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीले जिते
एजेन्सी, २६ असोज । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अर्थशास्त्रीलाई दिइने भएको छ।
सोमबार रोयल स्विडि एकेडेमी अफ साइन्सेजले एक कार्यक्रमका बीच यस वर्षको अर्थशास्त्रतर्फको पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा दिने घोषणा गरेको हो।
एकेडेमीका अनुसार उनीहरुलाई ‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’ गरेको भन्दै यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएकोे हो।
परम्परागत ढाँचामा लिलामीमा बस्तु तथा सेवाको बिक्री भइरहेको अवस्थामा मिलग्रोम र विल्सनको नयाँ सिद्धान्तले विश्वभरका बिक्रेता, क्रेता र करदातालाई सहज हुने एकेडेमीले बताएको छ।
दुवै जना अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् भने विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पनि पाउनेछन्।