मोरङमा उपचारका क्रममा आज दुई कोरोना संक्रमितको मृत्यु
२७ असोज, विराटनगर । मोरङमा मंगलबार कोरोना भाइरस संक्रमणबाट दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४३ वर्षीय पुरुष रहेका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको मोरङको बूढीगां गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए ।
मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस् अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।
यसैगरी बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ ।
मृतकको गएको शनिबार संक्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।