मंगलबार थपिए ३ हजार ५ सय ५६ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ५ सय ३ जना
काठमाण्डौ, २७ असोज । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार १ हजार ५ सय ३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ७८ हजार ७ सय ८० जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १५ हजार ४८ र होम आइसोलेशनमा २० हजार ८ सय ६७ जना रहेका छन्।