कर्णाली प्रदेश नेकपा विवाद : कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाण्डौ बोलाइयो
काठमाण्डौ, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटिका पदाधिकारीलाई काठमाण्डौ बोलाएको छ।
मंगलबार दिउँसो अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलले सवै पदाधिकारीलाई काठमाण्डौ आउन पत्र पठाएको हो।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार उनीहरुलाई बिहीबार काठमाण्डौ आउन पत्रमा भनिएको छ।
नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन भने सहइन्चार्ज यमलाल कँडेल हुन् । जसले सो प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविस्वास प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए।
त्यस्तै कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन्।
यसैगरी सो प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीलाई पनि काठमाडौ बोलाइएको छ।