पछिल्लो २४ घण्टामा थपिए २ हजार ६ सय ३८ कोरोना संक्रमित, डिस्चार्ज भए २ हजार १ सय ७४
काठमाण्डौ, २८ असोज । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ८० हजार ९ सय ५४ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १४ हजार ८ सय १९ र होम आइसोलेशनमा २१ हजार ५ सय ४८ जना रहेका छन्।