अलग धारको गित ‘हिमाल हल्लाउन सक्छु’लोकप्रिय बन्दै(भिडियो सहित)
२०७३ माघ ५
अमेरीका-अरु भन्दा अलग धारको गित हिमाल हल्लाउन सक्छु अहिले लोकप्रिय बन्दै गइरहेको छ ।
श्रृंगार एल्वममा समाबेस यस हिमाल हल्लाउन सक्छु बोलको गितलाई अमेरीकामा बस्दै आउनुभएका सुवास पुरी र सरु गौतमाले स्वर दिनुभएको छ ।
अमेरीका कर्मथलो बनाउनुभएका पुरीले ६ वटा गित समावेश गरेर श्रृंगार एल्वम बजारमा ल्याउनुभएको हो । गीत संगीतमा रुची राख्ने सुवासले सार्वजनिक गरेको श्रृंगारमा म आउछु, ए डल्ली, म त हिड्छु र जाली रुमाल बोलको गीतमा स्वर दिनुभएको छ ।
एल्बममा थानेश्वरको एकल संगीत रहेको छ । तिम्रो कम्मर र हिमाल हल्लाउन सक्छुको बजारमा चर्चा पछि आफुहरुले उक्त गीतको म्यूजिक भिडियो पनि निर्माण गरेको सुवासले जानकारी दिनुभएको छ ।
उक्त भिडियोमा वर्ष शिवाकोटी, बेनीशा हमाल, गम्भीर विष्ट र निराजन प्रधानले मोलिङ गरेका छन् । (गितको भिडियो हेर्न तलको लिंकमा जानुहोस)