बिहिबार थपिए ३ हजार ७ सय ४९ कोरोना संक्रमित, डिस्चार्ज भए ३ हजार ५ सय ६४ जना
काठमाण्डौ, २९ असोज । बिहिबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ८४ हजार ५ सय १८ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ३९ र होम आइसोलेशनमा २४ हजार १ सय ९४ जना रहेका छन्।