कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६९४ पुग्यो
काठमाण्डौ, २९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.५८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर सक्रिय संक्रमित बढेर ३६ हजार पाँच सय ३३ पुगेको छ भने संक्रमितमध्ये ३ सय १४ जनाको आइसियूमा र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
पछिल्लो केही समयता कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि उच्च वृद्धि भइरहेको छ।