पछिल्लो २४ घण्टामा थपिए ४ हजार ३ सय ९२ कोरोना संक्रमित, डिस्चार्ज भए ३ हजार ५ सय २२ जना
काठमाण्डौ, ३० असोज । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ८८ हजार ४० जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन्।