शनिबार थपिए ३ हजार १ सय ६७ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ८ सय जना
काठमाण्डौ, १ कार्तिक । शनिबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार १ हजार ८ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ८९ हजार ८ सय ४० जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १३ हजार २ सय ९९ र होम आइसोलेशनमा २५ हजार ४ सय ३८ जना रहेका छन्।