कोरोनाका कारण नेपाली चलचित्रका पहिलो छायांकार वैकुण्ठमान मास्केको निधन
काठमाण्डौ, १ कार्तिक । नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको कोरोना संक्रमणबाट ८३ बर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मास्के कलेजोको बिरामी समेत थिए भने उनलाई कोरोना पोजिटिभ देखिएको पनि चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन्।
मास्केले पूर्ण छायांकारको रुपमा चलचित्र ‘मनको बाँध’मा काम गरेका थिए । मास्केले केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् भने उनले दर्जन बढी चलचित्रमा पनि काम गरेका छन्।
उनलाई, गतबर्ष चलचित्र निर्माता संघले विरगञ्जमा आयोजना गरेको स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायांकारको रुपमा सम्मान गरेको थियो।