ट्रम्पले भने, ‘भारत, चीन र रुसले विश्वमा प्रदूषण बढाइरहेका छन्’
एजेन्सी, १ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र भारतलाई विश्वभर प्रदूषण बढाउन जिम्मेवार ठहराउँदै अमेरिका यस मामिलामा राम्रो रहेको दाबी गरेका छन्।
नर्थ क्यारोलाइनामा बिहीबार एक र्यालीको दौरान ट्रम्पले उनको कार्यकालमा अमेरिकाले आफ्नो पर्यावरणको रक्षा गर्दै उर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्नुका साथै पर्यावरण प्रदूषण र ओजोनमा भइरहेको क्षतिबारे अमेरिकाको तथ्यांक सबैभन्दा राम्रो रहेको बताएका छन्।
उनले चीन, रुस र भारत जस्ता देशहरु वायु प्रदूषणका लागि जिम्मेवार रहेको जिकिर गरेका छन्।
यसअघि, ट्रम्पले सन् २०१७ मा भएको पेरिस सम्झौताबाट उनले यस सम्झौताबाट अमेरिकालाई खर्बौं डलरको नोक्सानी भइरहेको, रोजगारी गुमिरहेको, तेल, ग्यास र अन्य उद्योग प्रभावित भइरहेको बताउँदै पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका थिए।
उनले चीन र भारतजस्ता देशहरुले यस सम्झौताबाट फाइदा उठाइरहेको र यो सम्झौता अमेरिकाका लागि सही नभएको उनको दाबी थियो।