कलाकार शिवहरि पौडेललाई मातृशोक
३ कात्तिक, काठमाडाैं । चर्चित हाँस्य कलाकार, निर्माता तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । पौडेलकी आमाको आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो ।
सय वर्षको उमेरमा आमाको हेटौंडामा निधन भएकाे पौडेलले आफ्नो औपचारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् शेयर गरेका हुन् ।
उनले आमालाई सय वर्षमाथि बचाउन नसकेकोमा दुःख व्यक्त पनि गरेका छन् ।
देश विदेशमा रहेका सम्पूर्ण आफन्तजनहरुको जानकारीका लागि यो दुखद् खबर फेसबुक वालमा राख्न बाध्य भएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन । सय वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’