सोमबार थपिए ३ हजार ७ सय ९० कोरोना संक्रमित, डिस्चार्ज भए २ हजार ३ सय ३५ जना
काठमाण्डौ, ३ कार्तिक । सोमबार थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार २ हजार ३ सय ३५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ९४ हजार ५ सय १ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १५ हजार ७ सय ४३ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा १३ हजार ८ सय ५१ र होम आइसोलेशनमा २६ हजार ९ सय २७ जना रहेका छन्।