कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७५७ पुग्यो
काठमाण्डौ, ३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर सक्रिय संक्रमित बढेर ४० हजार ७ सय ७८ जना पुगेको छ भने संक्रमितमध्ये २ सय ८२ जनाको आइसियूमा र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
पछिल्लो केही समयता कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि उच्च वृद्धि भइरहेको छ।