गगनले गरे देउवालाई आग्रह : सरकारलाई संसद बैठक बोलाउन बाध्य पारौं
काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई संसदको बैठक राख्न बाध्य पार्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत गगनले सरकारलाई संसद बैठक बोलाउन बाध्य पार्न सभापति देउवासमक्ष आग्रह गरेका हुन् ।
सरकारलाई निर्णय सच्याउन आग्रह गरेरमात्र आफूहरुको कर्तव्य पूरा नहुने उल्लेख गर्दै उनले सदन र सडकबाट सच्चिनैपर्ने बनाउन सकिने बताएका छन् ।
उनले लेखेका छन्, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन । संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनै पर्ने बनाउन सकिन्छ ।’