न्युयोर्कमा एक नेपाली ट्याक्सी ड्राइभर पक्राउ
न्युयोर्क-अमेरीकाको न्युयोर्कमा एक नेपाली ट्याक्सी ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ ।
न्युयोर्कको ज्याक्सनहाइटमा दिनेश भट्टराइले चलाएको ट्याक्सीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
मृत्यु हुनेमा ६७ वर्षिय हेनरी बोइमेलको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ज्याक्सनहाइटको ३७ एभिन्यु र ७६ स्ट्रिटको इन्टरसेक्सनमा दिनेशले चलाएको ट्याक्सीको ठक्करबाट पैदलयात्री हेनरीको मृत्यु भएको बताइएको छ । ट्याक्सी दांयातर्फबाट मोड्न खोज्दा पैदल यात्री हेनरीलाई ठक्करदिएपछि उनलाई तत्काल स्थानीय अस्पतालमा लगिएपनि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
फक्राउ परेका दिनेशलाई कस्तो सजाय हुने भन्नेबारे यकिन भइसकेको छैन ।
(खसोखासको सहयोगमा)