प्रिमियर लिग : साविक विजेता लिभरपुल बराबरीमा रोकियो, अन्तिम समय थामिन सकेन
काठमाडाैं, १३ मंसिर । इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल बराबरी खेल्दै अंक बाँडेकाे छ । शनिबार राित लिभरपुलले ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
ब्राइटनको मैदानमा लिभरपुलका लागि डिएगो जोटाले गोल गरे भने ब्राइटनका पास्कल ग्रोबले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६०औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलकाे इन्जुरी समयमा लिभरपुल थामिन सकेन । खेलकाे अन्तिम समयमा ब्राइटनका ग्रोबले गोल गर्दै ब्राइटनलाई बराबरीमा फर्काएका थिए ।
यससँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले १० खेलबाट २१ अंक बनायो । ब्राइटन भने १० अंकका साथ १६औं स्थानमा छ ।