एजेन्सी, १३ मंसिर | नवौं चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको मानवीय थिङ्क ट्याङ्क भिडियो कन्फ्रेन्स नोभेम्बर २७ तारिख आयोजित भएको छ।
चिनियाँ जन वैदेशिक मैत्री संघ तथा युननान प्रान्तीय सरकारको संयुक्त तत्वावधानमा आयोजित सो कन्फ्रेन्समा चिनियाँ जन वैदेशिक मैत्री संघका अध्यक्ष लीन सोथेन, जन काँग्रेस युनान प्रान्तीय शाखाका उप प्रमुख ली फै, नेपालका पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, चीनका लागि बंगलादेशी राजदूत महबुब उज जामानले बेग्ला बेग्लै रूपमा सम्बोधन गर्नुभएको छ।
सम्बोधनमा नेपालका पूर्व उप तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले बेल्ट एण्ड रोड प्रस्तावको उच्च मूल्याङ्कन गर्दै बीआरआईबाट विभिन्न क्षेत्र बीचको सम्पर्क र जोड प्रवर्द्धन पारिएको र आर्थिक मौद्रिक मिलन तथा विकासलाई पनि बढाइएको ठहर गर्नुभएको छ।
यस भिडियो कन्फ्रेन्समा चीन तथा दक्षिण एशियाका विद्वानहरू, संचारकर्मीहरू तथा मैत्री संगठनका लगभग २०० जना प्रतिनिधिहरूले ‘एशियाको सभ्यताको विस्तार गर्दै शान्तिपूर्ण विकासको प्रवर्द्धन गरौं’ भन्ने मुख्य विषयसूचीमा केन्द्रित भएर बुद्धि बाँडेर सहयोगबारे छलफल गरेका छन्।