एनआरएन अमेरीकाको अध्यक्षका लागी हाल सम्म तीन जनाको उम्मेद्वारी घोषणा
अमेरीका (टेक्सास) – गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी अध्यक्ष पदमा हाल सम्म तिन जनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
आउंदो मे महिनामा हुन लागेको एनआरएन अमेरीकाको निर्वाचनका लागी टेक्सासका समाजसेवी एवम सफल व्यवसायी गौरी जोशी, वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल तथा उपाध्यक्ष रविना थापाले अध्यक्षका लागी आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
निर्वाचन आउन अझै ५ महिना बांकी रहेपनि बिभिन्न पदहरुमा आकांक्षीहरुले आफ्ना निकटस्थहरु संग जोड घटाउ गरिरहेको बताइएको छ ।
हालका उपाध्यक्ष राम सि पोखरेल लगायतका आधा दर्जन बढी व्यक्तिहरु पनि अध्यक्षका आकांक्षी रहेको र आफ्ना निकटस्थहरु संग सर सल्लाह गरिरहेको बुझिएको छ ।