बेलायतले कोरोनाविरुद्धको खोप थप २० लाख डोज खरिद गर्ने
काठमाडौं- बेलायत सरकारले हालै कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनी मोर्डनाले निर्माण गरिरहेको खोप थप २० लाख डोज खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । योसँगै बेलायतले मोर्डनासँग कुल ७० लाख डोज खोप खरिद गर्ने भएको छ ।
मोर्डनाले निर्माण गरेको खोप सन् २०२१ को शुरुवातमै युरोपेली देशहरुमा उपलब्ध हुने अनुमान छ । मोर्डनाले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।
मोर्डनासँग खरिद गर्ने खोपले बेलायतका झण्डै ३५ लाख मानिसलाई खोप लगाउन पुग्नेछ । बेलायतले विभिन्न ७ वटा कोरोना खोप उत्पादकसँग ३५ करोड ७० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिसकेको छ ।