सोमबार पनि घट्यो सुनचाँदीको मूल्य
काठमाडौं, १५ मंसिर । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अाज छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै तेजावी सुन तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ रहेको छ । आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागको थियो ।
हिजो छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको थियो । त्यसअघि शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।