अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १७ घाइते
अछाम, १५ मंसिर । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलसेनदेखि धनगढीतर्फ गइरहेको ना ख ९९७२ नम्बरको बस दुर्घटनामा परेकाे हाे ।
सो दुर्घटनाबाट साँफेबगर नगरपालिका-३ का १९ वर्षीय निरज कुँवरकाे मृत्यु भएकाे जिल्ला ट्राफिक कार्यालय अछामका देबेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।
जिल्लाको चौरपाटी गाउँपालिकाको मार्कुमा भएको बस दुर्घटनामा घाइते भएका सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको उनले बताए ।
यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको उनले बताए । बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।