पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना पुष्टि, २९ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४७४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १४ हजार ५२१जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।