रहेनन् पुराना टेबल टेनिस खेलाडी शाक्य
काठमाडौं, १६ मंसिर । धवलागिरि क्षेत्रका पुराना टेबल टेनिस खेलाडीसुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पूर्वसहायक प्रशिक्षकसमेत रहेका शाक्यको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए ।
बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थिए । टेबल टेनिसको सहायक प्रशिक्षक पदबाट शाक्यले गत वर्ष भदौमा अनिवार्य अवकाश पाएका थिए ।
सुख आफू खेलाडी छँदा तत्कालीन धवलागिरि अञ्चलको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।
टेबल टेनिस खेलेर पहिलोपटक धवलागिरिमा सुखले पदक भित्र्याएको सदस्यसचिव शाक्यले बताए ।