जन सम्पर्क समिती अमेरीका, निती तथा कार्यक्रम बिभागले पायो पुर्णता
न्यूयोर्क- नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय नीति तथा कार्यक्रम विभागले पूर्णता पाएको छ । विभागका प्रमूख एवं समितिका केन्द्रीय सदस्य सुन्दर गुरुङले विभागलाई पूर्णता दिनु भएको हो । विभाग प्रमूख गुरुङले विभिन्न राज्य तथा शहरका समितिका सदस्यहरुलाई समेटेर ४३ सदस्यीय विभाग गठन गरिएको जानकारी दिनुभयो । विभाग गठनका बारे जारी गरेको विज्ञप्तिमा गुरुङले भन्नुभएको छ, नेजस अमेरिकाका सकेसम्मका च्याप्टर सहित समितिका जिम्मेवार सदस्यहरुसंग आवश्यक परामर्श गरी नीति तथा कार्यक्रम विभागलाई पूर्णता दिइएको हो । विभागको सदस्य सचिवको जिम्मेवारी मिचिगन च्याप्टरका घनश्याम पाण्डेलाई दिइएको छ । जनसम्पर्क समितिको दुई साता पहिले सम्पन्न केन्द्रीय बैठकले सम्पूर्ण विभागीय प्रमूखहरुलाई एक महिनाभित्र विभागहरुलाई पूर्णता दिई विभागले गरेका कार्यहरुको लिखित प्रतिवेदन आगामी बैठकमा पेश गर्न निर्देशन दिएको समितिका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ । यसभन्दा पहिले संगठन विभाग,महिला विभाग,संचार तथा प्रचार विभाग र युवा तथा विद्यार्थी विभागले पूर्णता पाइसकेको छ । ती विभागका प्रमूखहरुमा केन्द्रीय सदस्यहरु क्रमश वेदप्रसाद खरेल, मान्ती शाह, गोकुल ढकाल र रविन बस्नेत हुनुहुन्छ । गठित नीति तथा कार्यक्रममा विभागमा मेरिल्याण्ड च्याप्टरका उपसभापति यम नारायण अधिकारी,सचिव डोलनाथ घिमिरे र सदस्य नारायण कंडेललाई समेत मनोनित गरिएको छ । यस पहिले च्याप्टरका अर्का सदस्य शिव मल्ललाई संचार विभागको सदस्य सचिवमा मनोनित गरिएको छ ।
पूर्णता दिइएको नीति तथा कार्यक्रम विभागमा मनोनित हुनेहरुको विवरण-
प्रमूख– सुन्दर गुरुङ
सदस्य सचिब – घनश्याम पाण्डे ,मिचिगन च्याप्टर
सदस्यहरू-
इन्दिरा बिस्ट-न्यूयोर्क च्याप्टर
कूल बहादुर डि सी -डलास् च्याप्टर
टकं ढकाल -भर्जिनिया च्याप्टर
हरिश उपाध्याय -टेक्सास् च्याप्टर
मुक्ती राइ -न्यू ह्याम्शायर च्याप्टर
धनन्जय ढकाल -डलास च्याप्टर
आनन्द यादव – अस्टिन च्याप्टर
रामचन्द्र अधिकारी -न्यूयोर्क च्याप्टर
विष्णु लामिछाने -बोस्टन च्याप्टर
रणबहादुर केसी-न्यू जर्सी च्याप्टर
हरि भट्ट -क्यालिफोर्निया च्याप्टर
गोबिन्द कुँवर -लग आइल्याण्ड च्याप्टर
बिनोद सुबेदी -फ़्लोरिडा च्याप्टर
राजु बस्नेत – मेनेसोटा
यमनारायण अधिकारी – मेरिल्याण्ड च्याप्टर
उत्तम शर्मा- न्यूजर्सी च्याप्टर
विश्व भट्ट – क्यालिफोर्निया च्याप्टर
झबिन्द खरेल – न्यूयोर्क च्याप्टर
खेम पन्थी- शिकागो च्याप्टर
बिनोद धिताल – रोड आइल्याण्ड च्याप्टर
अर्जुन थापा – सन् फ्रान्सिस्को च्याप्टर
नारायण कडेल – मेरिल्याण्ड च्याप्टर
सुनील वाग्ले – इण्डियाना च्याप्टर
प्रवीण गौतम – लग आइल्याण्ड च्याप्टर
राम मल्ल ठकुरी- न्यूयोर्क च्याप्टर
सुजन पन्त – हुस्टन
होम गुरूगं- न्यू जर्सी च्याप्टर
डोलनाथ घिमिरे- मेरिल्याण्ड च्याप्टर
मेनुका राइ ढकाल – न्यू योर्क च्याप्टर
गिता कडेल – सन् फ्रान्सिस्को च्याप्टर
अनिल कोइराला- जर्जिया च्याप्टर
राजु अधिकारी- न्यूयोर्क च्याप्टर
नरेश मल्ल ठकुरी- नर्थ क्यारोलिना च्याप्टर
अग्नि ढकाल- न्यूयोर्क च्याप्टर
महेन्द्र श्रेष्ठ- कनेक्टिकट च्याप्टर
लालकुमार रेग्मी- कोलोराडो च्याप्टर
नारायण भट्ट – मिचिगन च्याप्टर
महेश के सी- न्यूयोर्क च्याप्टर
बिकल पराजुली- कोलोराडो च्याप्टर
यम कोइराला- भर्जिनिया च्याप्टर
कृष्ण अधिकारी – न्यूजर्सी च्याप्टर