विवाह गर्दै रमेश प्रसाईं, नन्दासँग कस्दैछन् लगनगाँठो
काठमाडाैं, १७ मंसिर । झापाका सामाजिक अभियन्ता तथा प्रखर वक्ता रमेश प्रसाईंले विबाहको गर्ने भएका छन् । धाराप्रवाह बोल्न सक्ने क्षमताका कारण सबैको मन जित्न सफल स्पष्ट वक्ता प्रसाईंले मंसिरको २२ गते विबाह गर्ने तयारी गरेका हुन् ।
सामाजिक कार्यमा निकै सक्रिय रहेकी कालीकोटकी नन्दा सिंहसँग उनले लगनगाँठो कस्न लागेका हुन् । नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।
नन्दा केही वर्षदेखिको साथी भएको र मन मिलेकै कारण उनले विबाहको निर्णयमा पुगेको हुन् । उनीहरूले तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरू दुवै दृष्टिविहीन हुन् ।
महानायक राजेश हमालले संचालन गरेको कार्यक्रम द पब्लिक स्पिकरको उपाधि चुमेपछि चर्चामा आएका अभियन्ता प्रसाई हालै बजारमा आएको रिंकीबुगंकोको राँगो बोलको गीतबाट थप चर्चित बने ।